काठमाडौं । सरकारले चालु आर्थिक वर्षको बजेटमा संशोधन गरेको छ ।
चालु आर्थिक वर्ष २०७९/८०को बजेटको अर्धवार्षिक समीक्षा प्रतिवेदन संसद बैठकमा सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले १५ खर्ब ४९ अर्ब ९९ करोड मात्रै खर्च हुने अनुमान सार्वजनिक गर्नु भएकाे छ ।
यो वर्ष १७ खर्ब ९३ अर्ब ९३ करोडको बजेट आएको थियो । यसअनुसार २ खर्ब ४४ अर्ब अर्थात् १४ प्रतिशतले बजेट कटौती भएको छ ।
आजै उनले बजेटको मध्यावधि समीक्षा सम्बन्धी जानकारी गराउन अर्थ मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना पनि गरेका छन् ।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलको सचिवालयलेका अनुसार पत्रकार सम्मेलनमा अपरान्ह ५ बजेका लागि तय गरिएको छ ।









प्रतिक्रिया दिनुहोस्