Logo १९ फाल्गुन २०८२, मंगलबार | Tue Mar 3 2026


लुम्बिनीका नव नियुक्त ७ मन्त्रीले लिए पद तथा गोपनियताको शपथ


117
Shares

बुटवल । लुम्बिनी प्रदेश सरकारका ७ जना मन्त्रीहरुले पद तथा गोपनियताको शपथ लिएका छन्।

आर्थिक मामिला मन्त्री जोखबहादुर महरा, भैतिक पूर्वाधार विकास मन्त्री इन्द्रजित थारु, स्वास्थ्य मन्त्री विष्णुप्रसाद पन्थी, वन तथा वातावरण मन्त्री दुर्गाप्रसाद चौधरी, उद्योग,पर्यटन तथा यातायात व्यवस्था मन्त्री जानकीप्रसाद यादव, कृषि तथा भूमि व्यवस्था मन्त्री तुलसीराम शर्मा र सामाजिक विकास मन्त्री चन्द्रकेश गुप्ताले शपथ लिएका हुन् ।

दाङको राप्ती गाउँपालिका मौरीघाटमा आयोजित समारोहमा प्रदेश प्रमुख अमिक शेरचनले शनिबार नियुक्त भएका मन्त्रीलाई शपथ ग्रहण गराउनु भएकाे हाे ।

पुनर्गठित मन्त्रिपरिषदमा एमालेबाट ३ जना, माओवादी केन्द्रबाट २ जना तथा राप्रपा र जनमत पार्टीबाट एक–एक जना नियुक्त भएका थिए ।