Logo १९ फाल्गुन २०८२, मंगलबार | Tue Mar 3 2026


विशिष्ट व्यक्तिहरूको ‘सुरक्षा व्यवस्थापन कार्यविधि’ परिमार्जन हुँदै


143
Shares

काठमाडौं । सरकारले विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि २०७७ लाई परिमार्जन गर्ने भएको छ।

स्राेतका अनुसार कार्यविधि परिमार्जनका लागि एक साता भित्रमा सुझाव पेश गर्ने सहमतिसमेत भइसकेको छ।

नेपाल सरकार र आन्दोलनमा उत्रिएको नेपाल चिकित्सक संघबीच आइतबार भएको सहमतिको बुँदा नम्बर ४ मा विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि परिमार्जन गरिने उल्लेख छ।

राष्ट्रपतिको सवारीका बेला राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा. जनिथलाल सिंहलगायतमाथि प्रहरीले माघ २७ गते लाठीचार्ज गरी घाइते बनाएपछि चिकित्सकहरू आन्दोलनमा उत्रिएका थिए। यसपछि सरकारले विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधि परिमार्जन गर्न लागेको हो।