Logo १ कार्तिक २०८३, आइतबार | Sun Oct 18 2026


मानन्धर समुदायका किशोरकिशोरीलाई ज्ञानीमैया पुरस्कार प्रदान


78
Shares

काठमाडाैं । २०७७/०७८ सालको एसईई परीक्षामा उत्कृष्ट नम्बर ल्याउन सफल मानन्धर समुदायका किशोरकिशोरीलाई ज्ञानीमैया पुरस्कार प्रदान गरिएको छ ।

चस्वांद्धँ मानन्धर सनाः गू खलले गरेको कार्यक्रममा जनस्वास्थ्य विषयमा स्नातकोत्तर उपाधि हासिल गर्ने उत्कृष्ट विद्यार्थी डा. रस्मिना मानन्धरलाई प्रमुख अतिथि मानन्धर समाजका प्रमुख व्यक्तित्व नारायणदास मानन्धरले पूर्णहीरा पुरस्कार अर्पण गर्नुभएको थियो ।

सो अवसरमा संघीय, प्रदेश सांसद र स्थानीय तहको निर्वाचनमा निर्वाचित काठमाडौं महानगरपालिका वडा नम्बर १९ का जनप्रतिनिधिलाई सम्मान गरिएको थियो । कार्यक्रममा समाजका प्रवुद्ध व्यक्तिहरुको सहभागिता थियो ।

Skip This