३ असार २०८२, मंगलबार | Wed Jun 18 2025


अर्घाखाँचीमा ट्याक्टर दुर्घटना हुँदा १ जनाकाे मृत्यु


598
Shares

अर्घाखाँची । अर्घाखाँचीमा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परी पाणिनी गाउँपालिका ८ गैनडाँडाका स्थानीय १८ वर्षीय हुम बहादुर कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

अरबकाबाट दाउरा लिन जादै गरेको लु.२त ९२७१ नम्बरको ट्याक्टर ब्रेक फेल भइ सोही वडाको सौर्य खोला ब्यङ्दीमा दुर्घटना हुँदा कुमालको मृत्यु भएको हो ।

यस्तै दुर्घटनामा ट्याक्टर चालक २२ वर्षीय चाम बहादुर कुमाल र ३९ वर्षिय शंकर बहादुर कुमाल गम्भीर घाइते भएकाले थप उपचारका लागी पाल्पाको मिसन अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सुचना अधिकारी कृष्ण प्रसाद घिमिरेले जानकारी दिनुभयो । ट्याक्टर सडकबाट १सय५० मिटर तल खसेको बताईएको छ ।