२५ जेष्ठ २०८२, आइतबार | Sun Jun 8 2025


आज देशभरकाे माैसम कस्ताे छ ?


143
Shares

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।

शनिबार बिहान प्रदेश-१, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । त्यस्तै, देशका बाँकी भू-भागमा भने आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

शनिबार दिउँसो भने प्रदेश-१, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली हुने भएको छ । त्यस्तै, बाँकी भू-भागमा भने आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। त्यस्तै, प्रदेश-१, गण्डकी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

शनिबार राति भने प्रदेश-१, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली हुने भएको छ । त्यस्तै, बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । त्यस्तै, प्रदेश-१, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना भएको महाशाखाले जनाएको छ।