१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


त्रिभुवन विमानस्थलबाट ब्रिटिस नागरिक पक्राउ


975
Shares

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ब्रिटिस नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ब्रिटिस नागरिक प्रबिनसिंह बडु रहेका छन् । उनी १७ हजार पाउन्डसहित पक्राउ परेका हुन् ।

भिस्तारा एयरलाइन्सको विमानबाठ काठमाडौंदेखि दिल्ली जान लागेका बडु नेपाली रुपैयाँ करिब २८ लाखसहित पक्राउ परेका हुन् ।

विमानस्थल प्रहरीका अनुसार विमानस्थलको प्रस्थान कक्षको ह्यान्ड ब्यागेज क्षेत्रबाट उनी पक्राउ परेका हुन् ।

उनीसँगै रामेछापका हितबहादुर खत्रीलाई पनि प्रहरीले पक्राउ गरेको छ । थप अनुसन्धानका लागि दुवै जनालाई महानगरीय प्रहरी वृत्त गौशलामा पठाइएको छ ।