Logo ३ मंसिर २०८२, बुधबार | Thu Nov 20 2025


‘अर्थतन्त्र सुदृढीकरणका लागि गम्भीर पाइला चाल्न आवश्यक’


52
Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थतन्त्रको सुदृढीकरणका लागि गम्भीर पाइला चाल्न आवश्यक भइसकेको बताउनु भएकाे छ ।

शुक्रबार संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले यस्ताे बताउनु भएकाे हाे ।

उहाँले आर्थिक अवस्था जटिल मोडमा अर्थतन्त्रका सूचकहरुमा सुधारको संकेत देखिएपनि यसको दिगोपनामा आस्वस्त भइहाल्ने अवस्था नरहेको समेत बताउनु भयाे ।

मौद्रिक तरलताको समस्या, लगानीका लागि यथेस्ट स्रोतको अभाव र बाह्य कारणले समेत गर्दा उत्पादन क्षेत्र मजबुत हुन नसकेको उहाँले बताउनु भयाे ।