Logo २९ कार्तिक २०८२, शनिबार | Sat Nov 15 2025


नेकपामा एकीकरण भइनसक्दै चुलियो विवाद


0
Shares

काठमाडौं, भदौ १४ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा विवाद चुलिएको छ ।

जेठ ३ गते तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भई बनेको नेकपामा तीन महिनामै आन्तरिक कलह चुलिएको छ ।

केन्द्रमा सिफारिस गरिएका जिल्ला र अन्य कमिटीको नामावलीप्रति नेता माधवकुमार नेपाल पक्षले असन्तुष्टि जनाउँदै आएको छ । खासगरी ५ नम्बर प्रदेशमा आफ्नो समूहलाई पाखा लगाउन खोजेको भन्दै नेपाल समूहले समानान्तर कमिटी गठन गर्न सक्ने चेतावनी दिएको छ ।

नेपाल पक्षका नेताहरुले जिल्ला अध्यक्ष र सचिवको सिफारिसमा प्रतिसोध र निषेधको झल्को आएको बताइरहेका छन् । –कारोबार दैनिकबाट