Logo १३ बैशाख २०८३, आइतबार | Sun Apr 26 2026


युवराज कार्कीले खोले नयाँ पार्टी


5.6k
Shares

काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा) बाट बाहिरिएका युवराज कार्कीले नयाँ पार्टी खाेल्नु भएकाे छ ।

काठमाडौंमा भएको भेलाले कार्कीको अध्यक्षतामा ८३ सदस्यीय केन्द्रीय तदर्थ समिति गठन गरेको छ।

भेलाले सह अध्यक्षमा दानबहादुर विस्वकर्मा तथा उपाध्यक्षमा मिननाथ देवकोटा, डा. दिपेन्द्र विक्रम सिजापति, मित्र चापागाई, सुन्दर योन्जन तामांग, महेन्द्र नेपाली र डा. मनु मिश्र चयन गरेकाे छ ।

त्यस्तै माहासचिवमा रामहरि कार्की, माहासचिवमा टेकबहादुर थापा चयन हुनु भएकाे छ ।

त्यसैगरी सचिवमा ज्ञानकुमार परियार मोरंग, रमादेवी वानिया भक्तपुर र कैलाश भट्ट चयन हुनु भएकाे छ ।