काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले संविधानको इमान्दार कार्यान्वयन हुनुपर्ने बताउनु भएकाे छ ।
नीति अनुसन्धान प्रतिष्ठान र निर्वाचन आयोगले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा बोल्दै यस्तो बताउनु भएकाे हाे ।
प्रधानमन्त्री दाहालले भन्नुभयाे , ‘जनताको धेरै ठूलो बलिदानी र पहलकदमीपछि हामीले संविधानसभाबाट संविधान बनायौँ। त्यसका लागि झण्डै ७० वर्ष लामो संघर्ष गर्नुपर्यो। हाम्रो संविधान राजनीतिक सहमति र सम्झौताको दस्तावेज हो।
संविधानका विविध विषयमा हामी सबैका आफ्ना दृष्टिकोण छन्। कतिपय विषयमा बिमति पनि होलान्। तर, हामीले बनाएको संविधानको इमान्दार कार्यान्वयन गर्ने जिम्मेवारी पनि हाम्रो नै हो।’
संविधान कार्यान्वयनका लागि अपरिहार्य ऐनहरू बनाउन जरूरी रहेको भन्दै उनले संविधानको पूर्ण कार्यान्वयनपछि मात्र हाम्रो संविधानमा के कति समस्या र त्रुटिहरू छन् भन्ने निष्कर्षमा पुग्न सकिने बताउनु भयाे ।




प्रतिक्रिया दिनुहोस्