Logo ३ असार २०८३, बुधबार | Wed Jun 17 2026


राष्ट्रिय सभाको उपनिर्वाचन सकियो


247
Shares

दाङ । लुम्बिनीमा बुधबार भएको राष्ट्रियसभा उपनिर्वाचनको मतदान सकिएको छ। निर्धारित अवधिमा प्रदेशका कुल ३०५ मतदातामध्ये ३०४ जनाले मतदान गरेका छन्।

स्थानीय तह अन्तर्गत रूपन्देहीको मर्चवार गाउँपालिकाकी उपप्रमुख आशा सिंह स्वास्थ्य उपचार गर्न भारत गएकाले उपस्थित भइनन्।

राष्ट्रियसभा सदस्य चुन्न लुम्विनी प्रदेशसभाका सबै ८७ जना सांसदले मतदान गरेका छन्। स्थानीय तहका १०९ प्रमुख र १०८ उपप्रमुखले मतदान गरेका हुन्।

‍दाङ घोराहीको कर्मचारी मिलन केन्द्रमा बुधबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदानको समय तोकिएको थियो।