२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


टर्की र सिरियाको भूकम्पमा परी मृतकको संख्या ५ सय नाघ्यो


104
Shares

एजेन्सी । टर्कीमा सोमबार बिहानै एकपछि अर्को गरी दुई शक्तिशाली भूकम्प गएकाे ।

टर्की र यसको छिमेकी सिरियामा भूकम्पका कारण ५०० भन्दा बढीको मृत्यु भएको छ । अधिकारीका अनुसार मृतकको आँकडा तीब्र रुपमा बढिरहेको छ ।

टर्कीको दक्षिणमा सिरियाली सीमा नजिकै स्थानीय समयानुसार बिहान ४ : १७ मा ७.८ म्याग्निच्युडको भूकम्प महसुस गरिएको छ ।

त्यसपछि टर्की सरकारले आपतकालको घोषणा गरेका छन् ।

पहिलो झट्काको केही मिनेटपछि अर्को एउटा शक्तिशाली झट्का महसुस गरियो। टर्की विपद् व्यवस्थापन एजेन्सीले पूरा इलाकामा एकपछि अर्को गरी ४० भन्दा बढी पराकम्प महसुस गरिएको छ ।

टर्कीसमेत लेबनान, सिरिया, साइप्रस, इजराइल र प्यालेस्टाइना पनि भूकम्पको झट्का महसुस गरिएको छ ।