Logo ३ असार २०८३, बुधबार | Thu Jun 18 2026


सिद्धान्त कस्तो छ, व्यवहारले देखाउँछ : अध्यक्ष नेपाल


52
Shares

काठमाडाैं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीको व्यवहारले सिद्धान्तका बारेमा बताउने भएकाले सही व्यवहार गर्नुपर्ने बताउनुभएको छ । उहाँले पार्टीेको पाँचौँ केन्द्रीय कमिटीको बैठकमा आज राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुहुँदै उहाँले पार्टीले लिएको सिद्धान्त सही छ कि गलत छ त्यो व्यवहारले देखाउँछ भन्नुभयो ।

“सिद्धान्तको रङ खैरोे हुने तथा व्यवहारको रङ हरियो हुन्छ, हामी समाज बदल्न चाहन्छौँ, हामी संसार बदल्न चाहन्छौँ, हामी कम्युनिष्ट क्रान्तिकारी भएकाले माक्र्सवाद लेलिनवादको मार्गदर्शनमा हिड्छौँ ”, अध्यक्ष नेपालले भन्नुभयो । प्रतिवेदन प्रस्तुतका क्रममा उहाँले सर्वहारा श्रमजीवीको हितको रक्षा गर्ने, समस्याका समाधानका लागि समाजका विभिन्न वर्गहरुको विश्लेषण गर्दै समाज विकासको आफ्नो पार्टीको यात्रा निरन्तर जारी रहने जानकारी गराउनुभयो ।

उहाँले थप भन्नुभयो, “हामी कम्युनिष्ट पार्टीका नेता, कार्यकर्ता हौँ भनेर गौरव बोकेर पार्टी नीति, सिद्धान्तअनुसार काम गर्नुपर्छ ।” अध्यक्ष नेपालले नेपाली जनताले आफ्नो संविधान आफैँ निर्माण गर्नुपर्छ भन्ने मान्यताअनुसार राजा हटाएर संविधानसभाको निर्वाचन सम्पन्न गरी संविधान निर्माण गरेकाले त्यो संविधानप्रति बफादार भएर काम गर्नुपर्ने बताउनुभयो ।

उक्त प्रतिवेदनमा अध्यक्ष नेपालले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सबैजसो दलको समीक्षा गर्नुभएको छ । उहाँले प्रतिवेदनमा श्रमजीवी वर्गको सच्चा प्रतिनिधिका रुपमा नेकपा (एकीकृत समाजवादी) पार्टी मात्र रहेको प्रतिवेदनमा उल्लेख गर्नुभएको छ ।