काठमाडौं । यो वर्षको द हल्ट पुरस्कार सिएनसी सियोर्स ग्रुपले जितेको छ ।
ललितपुर पुल्चोक क्याम्पसमा हल्ट आयाट आयोईको आयोजनामा भएको हल्ट पुरस्कार सम्बन्धी कार्यशालाको विजेता बन्दै सिएनसी सियोर्स ग्रुपले १० हजार नगद सहित अन्य पुरस्कार जितेको हो ।
कार्यशालामा खाद्य सुरक्षा, पानीको पहुँच उर्जा र शिक्षालगायत क्षेत्रमा काम गर्नेहरुको सहभागिता रहेको थियो । विभिन्न श्रृङ्खलामा आयोजना गरिएको कार्यशालामा १० जना सेमिफाइनल पुगेका थिए । कार्यशालाको अन्तिम दिन उद्यमी विदुषी राणा तथा पूर्व मिस नेपाल अनुशा श्रेष्ठलगायतको सहभागिता रहेको थियो ।
हल्ट आयोईले आफ्ना सबै सहभागीका लागि उच्च क्षमताका गतिविधि तथा मेन्टरशिप सत्रका लागि कार्यशाला गरेको जनाएको छ । हल्ट पुरस्कार एक विश्वव्यापी प्रतिस्पर्धा हो, जसले युवालाई अभिनव सामाजिक उद्यम सिर्जना गरेर महत्वपूर्ण समस्या समाधान गर्न जोड दिने गर्दछ ।









प्रतिक्रिया दिनुहोस्