Logo ५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026


चालक अनुमतिपत्रमा अंक प्रणाली लागू हुने


741
Shares

हेटौंडा । बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले सुरू गर्न लागेको सवारीचालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षामा नयाँ अंक भार प्रणाली अब कार्यान्वयनमा आउने भएको छ ।

मन्त्रालय र मुख्यमन्त्री कार्यालयबीच विवादका कारण यसअघि तीन पटक कार्यान्वयनमा ल्याउन मन्त्रालयले निर्णय गरे पनि मुख्यमन्त्री कार्यालयको निर्देशनमा रोकिँदै आएको थियो ।

मन्त्रालयले गत असोज, मंसिर पछिल्लोपटक गत पुस २० गतेबाट सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को प्रयोगात्मक परीक्षा (ट्रायल) मा नयाँ अंक भार प्रणाली अर्थात् ७० प्रतिशत अंकभारको नयाँ नियम लागू गर्न निर्णय गरी कार्यान्वयन गर्ने अन्तिम तयारी गरेको थियो ।

तर, मन्त्रालय र प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबीचको विवादका कारण कार्यान्वयन गर्न लागेको नयाँ अंकभार प्रणाली रोकिएको थियो ।

यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।