काठमाडौं । वायुसेवा सञ्चालक संघले नेपालको हवाई उडान र उद्योग दुवै सुरक्षित रहेको दाबी गरेको छ ।
शुक्रबार वायुसेवा सञ्चालक संघले राजधानीमा आयोजना गरेको ‘हवाई सुरक्षासम्बन्धी अन्तक्र्रिया कार्यक्रममा सहभागी वायुसेवा सञ्चालकले यस्तो दाबी गरेका हुन् । उनीहरूले नेपालको हवाई उडान र उद्योग दुवै सुरक्षित रहेको बताए ।
संघले हवाई दुर्घटना एउटा मात्रै कारण नभएर धेरै कारणले हुने बताएको छ । संघका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले नेपालको हवाई उडान र उद्योग धेरै सुरक्षित रहेको बताए ।
उनले धेरै राम्रो हवाई सुरक्षा भएको देशहरूमा पनि विभिन्न कारण हवाई दुर्घटना हुने गरेको बताए ।
यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।





प्रतिक्रिया दिनुहोस्