काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले केन्द्रीय कमिटीको बैठक बोलाएको छ ।
एकीकृत समाजवादीकाे सचिवालयका अनुसार बैठक शनिबार बिहान ११ बजे ललितपुरको बालकुमारीमा बस्न लागेकाे हाे ।
बैठकमा निर्वाचन समीक्षा, संगठन सृदृढीकरण र समसामयिक राजनीतिका विषयमा छलफल हुने बताइएकाे छ ।
पार्टीले राजनीतिक प्रतिवेदन तयार गरेको भन्दै यस विषयमा पनि छलफल हुने सचिवालयले जनाएकाे छ ।




प्रतिक्रिया दिनुहोस्