
फाइल तस्बिर
काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता घनश्याम अस्वस्थ्य भएपछि अस्पताल भर्ना हुनुभएकाे छ ।
उहाँ पार्टी कार्यालय जाँदै गर्दा आफैँले गाडी हाँकिरहेको अवस्थामा बानेश्वर पुग्दा बेहोस भएको बताइएको छ ।
बेहोस भएपछि उनलाई उपचारका लागि नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा भर्ना गरिएको छ ।
अस्पतालका अनुसार उहाँको स्वास्थ्य सामान्य रहेको छ ।
प्रतिक्रिया दिनुहोस्