Logo ९ माघ २०८२, शुक्रबार | Fri Jan 23 2026


मानव बेचबिखनकाे आराेपमा म्यानपावरका एजेन्ट पक्राउ


130
Shares

काठमाडौं । मानव बेचबिखनकाे आराेपमा म्यानपावरका दुई एजेन्ट पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा उदयपुर घर भई टोखा नगरपालिका–३ मा बस्दै आएका ४४ वर्षीय रवि थापामगर भनिने लालबहादुर मगर र इलाम घर भई काठमाडौं–९, शम्भुमार्ग बस्ने ४१ वर्षीय डम्बर मगर रहेका छन् ।

भिजिट भिसामा कुवेत पुर्‍याएर मानव बेचबिखन गरेको आरोपमा उनीहरु पक्राउ परेका हुन् । मानव बेचबिखन अनुसन्धान ब्यूरोले रोजगारीको विभिन्न प्रलोभन देखाएर विदेशमा मानव बेचबिखन गरेकाे आराेपमा उनीहरु पक्राउ परेका हुन् ।

एजेन्टले कुवेतको रोयल रेष्टुरेन्ट वेट्रेसमा मासिक १२० कुवेती दिनार पारिश्रमिकमा काम लगाइदिने, अमेरिका र पोर्चुगलको रेष्टुरेन्टमा पठाइदिने प्रलोभन देखाएका थिए ।

पीडितलाई २०७१ मंसिर २६ गते भिजिट भिसामा दुवई हुँदै कुवेत पु¥याइएको थियो । कुवेतमा अर्का एजेन्टमार्फत १३०० कुवेती दिनारमा पीडितलाई बिक्री गरेको प्रहरी अनुसन्धाबाट खुलेको छ ।

आफन्त प्रहरीको सम्पर्कमा आएपछि ब्‍युरोले कुवेतमा रहेको नेपाली राजदूतावाससँग समन्वय गरेको थियो। समन्वय गरी पीडितलाई गत माघ ४ गते कुवेतबाट उद्धार गरी नेपाल फिर्ता ल्याइएको थियो।