काठमाडाैं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद वीरबहादुर बलायरले सुदूरपश्चिम प्रदेशको राजधानी गोदावरीको भोकाधिकार समेत नदिएको भन्दै सरकारको चर्काे आलोचना गर्नु भएको छ ।
बुधबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै पूर्वमन्त्री समेत रहनु भएका सांसद बलायरले जंगलमा तय गरिएको सो प्रदेशको राजधानी गोदावरीको पूर्वाधार निर्माणका लागि डिपीआर समेत किन तयार नगरेको भनि संघीय सरकारलाई प्रश्न समेत गर्नु भयो ।
उहाँले संघीय सरकारले विगत ५ वर्षमा सुदूरपश्चिम प्रदेशमा एउटा केन्द्रिय योजना पनि नपारेको उल्लेख गर्दै आपत्ति जनाउनु भयो ।
सांसद बलायरले भन्नु भयो, ‘सुदूरपश्चिम प्रदेशको राजधानीमा गोदावरीमा अहिलेसम्म पूर्वाधारको व्यवस्था हुन सकेको छैन । अहिलेसम्म राज्यले भोकाधिकार दिएको छैन । आज एउटा प्रदेशको राजधानी बनाउन नसकिने अवस्था छ । म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु– किन भोकाधिकार रोकियो केन्द्रीय सरकारबाट सुदूरपश्चिम प्रदेशको राजधानी गोदावरीमा । किन अहिलेसम्म सिमांकन हुन सकेन ? किन डिपीर हुन सकेन ? प्रदेश सरकारको सामथ्र्यबाट राजधानी बन्न सक्ने अवस्था छैन । केन्द्रिय सरकार र प्रदेश सरकारले राजधानी निर्माण गर्ने कुरामा सोच पुर्याएन भने हामी संघीय लोकतान्त्रिक गणतन्त्रको कुन चरणमा छौं ? कहाँ छौं ? हाम्रो उद्देश्य के छ ? आज ५ वर्षको समयसम्म राष्ट्रिय गौरवको आयोजना सुदूरपश्चिमले पाउने कुरा त परै जाओस् । कुनै एउटा केन्द्रीय योजना पनि पाउन सकेन ५ वर्षमा । अर्बाैको गेटा कलेज संचालन गरिएको छैन ।’
सांसद बलाएरले अरबौं लगानी गरेर बनाइएको गेटा मेडिकल कजेज संचालन गर्न ढिलाई नगर्न पनि सरकारलाई दबाब दिनु भयो ।




प्रतिक्रिया दिनुहोस्