Logo २६ माघ २०८२, सोमबार | Tue Feb 10 2026


क्युआरबाट दैनिक ३ लाखसम्म भुक्तानी, अन्तरबैंक एटीएम शूल्क घट्यो


234
Shares

काठमाडौं । विद्युतीय वालेटबाट हुने रकमान्तरको सीमा बढेको छ ।

नेपाल राष्ट्र बैंकले ‘भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०७९’ जारी गर्दै बैंक खाताबाट वालेटमा प्रतिदिन ५० हजार रुपैयाँसम्म रकमान्तर गर्न सकिने व्यवस्थाबाट दुई लाख रुपैयाँसम्म रकम पठाउन सकिने व्यवस्था गरेको हो । यस्तै, वालेटबाट अन्य बैंकको खातामा पनि प्रतिदिन दुई लाख रुपैयाँसम्म पठाउन सकिने व्यवस्था केन्द्री बैंकले गरेको छ ।

यसअघि प्रतिदिन ५० हजार रुपैयाँमात्रै पठाउन सकिने व्यवस्था थियो । यस्तै, एक वालेटबाट अर्को वालेटमा पैसा पठाउँदा यसअघि एकदिनमा २५ हजार रुपैयाँसम्म मात्रै पठाउन सकिने व्यवस्था अब प्रतिदिन ५० हजार रुपैयाँसम्म पठाउने सकिने व्यवस्था गरिएको छ ।

यसैगरी, केन्द्रीय बैंकले मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङको माध्यमबाट गरिने भुक्तानी कारोबारको सीमा पनि बढाएर दिनको दुई लाख रुपैयाँसम्म कारोबार गर्न सकिने व्यवस्था रहेकोमा यसलाई बढाएर दिनको तीन लाख रुपैयाँसम्म कारोबार गर्न सकिने व्यवस्था गरेको छ ।

सरकारको राजस्व भुक्तानी सम्बन्धी कारोबारमा लाग्ने शुल्कसम्बन्धी व्यवस्था पनि संशोधन भएको छ । यस्तै, अन्तरबैंक एटीएम शुल्क घटेको छ । अब एउटा बैंकको एटीएम कार्ड अर्को बैंकको एटीएममा प्रयोग गरी पैसा झिक्दा बढीमा १५ रुपैयाँ लाग्नेछ । यस अघि यस्तो कारोबारमा २० रुपैयाँसम्म लाग्दै आएको थियो ।

अब १५ रुपैयाँभन्दा बढी लिन नपाइने केन्द्रीय बैंकले व्यवस्था गरेको हो । तर यसअघि मासिक दुईवटासम्म कारोबार निशुल्क हुने व्यवस्था भने हटेको छ ।

Skip This