Logo २ चैत्र २०८२, सोमबार | Tue Mar 17 2026


दूधको मूल्य ७० रुपैयाँ बनाउन माग


364
Shares

भरतपुर । चितवन जिल्ला दुग्ध उत्पादक सहकारीले दूधको मूल्य वृद्धि गर्न माग गरेको छ ।

भरतपुरमा पत्रकार सम्मेलन गर्दै जिल्ला अध्यक्ष किशोर बगालेले दूधको मूल्य न्यूनतम ७० रुपैयाँ कायम गर्न माग गरे । दूध उत्पादनमा उपभोग हुने कच्चा पदार्थको मूल्य बढेकाले दूधको मूल्य बढाउनुपर्ने उनले बताए । सरकारले गत वर्ष माघमा प्रतिलिटरमा दूधमा ६ रुपैयाँ ५२ पैसा मूल्य बढाएको थियो ।

किसानले सहकारीमा दूध बेच्दा ५६ रुपैयाँ ४ पैसा पाउँदै आएका थिए। ‘गत वर्षनै दूध उत्पादनमा प्रतिलिटर ६३ रुपैयाँ लागत थियो । यस वर्ष लागत नै ६८ रुपैयाँ हाराहारी लागत पर्छ,’ उनले भने, ‘चोकरको मूल्य २१ सय पुग्यो, ३४ रुपैयाँको दाना ४१ पुग्यो, ३३ रुपैयाँको ढुटो ४२ पुग्यो, तर दूधको मूल्य बढेन ।’ उनका अनुसार चितवनमा १ सय १५ वटा दुग्ध सहकारी छन् । चितवनमा दैनिक ३ लाख ५० हजार लिटर दूध उत्पादन हुने गर्छ

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।