Logo ८ माघ २०८२, बिहिबार | Fri Jan 23 2026


किन बढाइयाे सर्वाेच्च अदालतकाे सुरक्षा तैनाथी ?


780
Shares

काठमाडौँ । सर्वोच्च अदालत परिसरमा सुरक्षा व्यवस्था कडा पारिएकाे छ ।

शुक्रबार सर्वोच्च अदालतमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दाको सुनुवाइ सकिएर फैसलाको तयारी भएसँगै सुरक्षा व्यवस्था कडा पारिएकाे हाे ।

सुरक्षा स्राेतका अुनसार मुद्दाको सुनुवाइ सकिएसँगै जिल्ला प्रहरी परिसर काठमाडौँबाट डीएसपी पवत भट्टराईको नेतृत्वमा थप सुरक्षाकर्मी सर्वोच्चमा पठाइएको छ ।

कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक इजलासमा अन्तिम सुनुवाइ सकिएसँगै अब आदेशको प्रतिक्षा भइरहेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा पक्ष र विपक्षमा बहस सकिएसँगै फैसलाका लागि न्यायाधीशहरु आन्तरिक गृहकार्यमा लागेका छन् ।

फैसला आजै आउने वा मिति तोक्ने भन्नेबारे अहिलेसम्म कुनै जानकारी उपलब्ध गराइएको छैन । यो मुद्दामा सर्वोच्चले आदेश दिने या आदेशका लागि अर्को मिति तोक्न सक्ने छ। आदेशका लागि संवैधानिक इजलासमा न्यायाधीशहरु अहिले छलफलमा छन्।