
काठमाडौं, असार ४ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भ्रमणबारे आज संसदलाई जानकारी दिने भएका छन् ।
अपराह्न २ बजे बस्ने राष्ट्रियसभा र ४ बजे बस्ने प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफ्नो चीन भ्रमणबारे जानकारी दिन लागेका हुन् ।
प्रधानमन्त्री ओली ६ दिने औपचारिक भ्रमणका लागि भोलि चीन जाँदै छन् ।
उनले चीन भ्रमणका एजेन्डा र नेपालको तयारीबारे सदनलाई जानकारी गराउन लागेका हुन् ।
चीनसँग उर्जा, कृषि, रेलवेलगायतका क्षेत्रमा सम्झौता गर्ने तयारी नेपालले गरेको छ ।
प्रतिक्रिया दिनुहोस्