 
	    एजेन्सी । सन् २०२३ को ओस्कार अवार्डका लागि अन्तिम नामांकनको घोषणा भएको छ । जसमा दक्षिण भारतीय फिल्म आरआरआरको ‘नाटू-नाटू’ गीत उत्कृष्ट मौलिक गीतको विधामा मनोनयनमा परेको छ ।
भारतीय सञ्चार माध्यमका अनुसार केही समयअघि मात्रै गोल्डेन ग्लोब अवार्डमा ‘नाटु-नाटु’ गीतले उत्कृष्ट गीतको अवार्ड जितेको थियो । जबकि क्रिटिक्स च्वाइस अवार्डमा आरआरआरले सर्वश्रेष्ठ विदेशी भाषा फिल्म र नाटू–नाटूले उत्कृष्ट गीतको अवार्ड जितेको हो ।
ओस्कारको अन्तिम नामांकन २० विधामा सार्वजनिक गरिएको छ । जसमा ‘अवतारः द वे अफ वाटर’, ‘अल क्वाइट अन वेस्टर्न फ्रन्ट’, ‘टपगन मेवरिक’, ‘एल्भिस’लगायत उत्कृष्ट चलचित्रमा मनोनयन भएका छन् । भारतको अल द्याट ब्रीद्स उत्कृष्ट वृत्तचित्र र द एलिफेन्ट विस्परर्स उत्कृष्ट छोटो वृत्तचित्रमा मनोनीत भएका छन् ।
ओस्करका लागि ३०१ चलचित्रको सूची ९ जनवरीमा जारी गरिएको थियो । यसमा सबै चलचित्रका लागि १२ देखि १७ जनवरीसम्म मनोनयनका लागि मतदान भएको थियो ।
९५ औं ओस्कार अवार्ड आगामी मार्च १२ मा लस एन्जलसमा आयोजना हुँदै छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्