Logo २९ कार्तिक २०८२, शनिबार | Sat Nov 15 2025


प्रधानमन्त्रीलाई नै थाहा छैन मन्त्रालयको संख्याः बोल्दाबोल्दै चिप्लिए ओली


0
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै आफ्नो सरकारमा कति मन्त्रालय छन् भन्ने थाहा रहेनछ ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्ने क्रममा उनले आफू चिप्लिएको पत्तै पाएनन् ।

सरकारले कामै गरेको छैन भनेर आलोचना गर्नुमा तुक नभएको तर्क गर्दागर्दै प्रधानमन्त्री ओलीले भने–सरकारले जे गरे पनि राम्रै गरिरहेको छ, समायोजन र व्यवस्थापन गरेर २१ वटा मन्त्रालय बनाएको छ ।’

संयोगबश ‘टङ्स्लिप’ भएको भए पनि उनले तथ्य सच्याएनन् । तर अहिले मन्त्रालयको संख्या २२ छ ।

संविधानले २५ भन्दा बढी मन्त्री बनाउन नपाइने व्यवस्था गरे पनि मन्त्रालयको संख्याबारे उल्लेख छैन । संविधानले मन्त्री, राज्यमन्त्री र सहायकमन्त्रीलाई मन्त्री नै भनेर बुझाउँछ ।

अहिले २५ जनाको पूर्ण मन्त्रीमण्डल छ, जहाँ कृषि, पर्यटन र स्वास्थ्य गरी ३ राज्यमन्त्री छन्, सहायकमन्त्री भने छैनन् । -नेपाल समाचारपत्र दैनिकबाट