Logo ९ पुस २०८२, बुधबार | Wed Dec 24 2025


बिमामा पनि मर्जरकाे लहर

जीवन र निर्जीवन बिमा कम्पनीको संख्या १०.१० मा झार्ने लक्ष्य

39
Shares

काठमाडौं । नियामक निकाय नेपाल बिमा प्राधिकरणले बिमा कम्पनीलाई चुक्ता पूँजी बढाउन निर्देशन दिएपछि कम्पनीहरु मर्जरमा जान सुरु गरेका छन् ।

मुलुकमा विमा कम्पनीको संख्या धेरै भएको भन्दै प्राधिकरणले केही समयअघि चुक्ता पूँजी बढाउनुपर्ने निर्देशन दिएको थियो । यो निर्देशनपछि चुक्ता पूँजी बढाउन नसक्ने कम्पनी कर्जरमा जान बाध्य भएका हुन् । राष्ट्र बैंकले मर्जरमा जान प्रोत्साहन गरेसँगै बैंकहरुमा पनि मर्जरकाे लहर चलेको छ ।

गत पुसमा मात्रै थुप्रै बैंक मर्जरमा गएका थिए । बिमा प्राधिकरणका अनुसार चालू आर्थिक वर्षमा १९ वटा निर्जीवन तथा जीवन बिमा कम्पनीले मर्जरमा जाने सहमति गरेका छन् । जसमध्ये केहीले एकीकृत कारोबार सुरु गरिसकेका छन् ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।