
काठमाडौं । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल संयुक्त सरकारको प्रधानमन्त्री बनेपछि एक महिनामा निजी क्षेत्रले राखेका अधिकांश माग पूरा भएका छन् ।
अर्थमन्त्री विष्णु पौडेलको समन्वयमा पछिल्ला दिनमा निजी क्षेत्रले राखेको सबैजसो मागको सम्बोधन गरिएको छ । तर, निजी क्षेत्र पूर्ण रुपमा खुसी देखिएको छैन् ।
निजी क्षेत्रले विरोधका कार्यक्रम अगाडी ल्याएको त छैन तर, सार्वजनिक कार्यक्रमहरुमा निजी क्षेत्रका प्रतिनिधिहरुले बोल्ने विषयले ऊ पूर्ण रुपमा खुसी नभएको देखिन्छ ।
विभिन्न माग राखेर करिब ४ महिनादेखि आन्दोलनमा उत्रिएको निजी क्षेत्रका अरु सबै माग पूरा भएका छन् । ब्याजदर एकल बिन्दुमा झार्ने र चालू पूँजी कर्जामा गरिएको संशोधनमा निजी क्षेत्र अझै बेखुसी देखिएको हो ।
यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस्