Logo १२ बैशाख २०८३, शनिबार | Sat Apr 25 2026


‘कम्फर्टेबल’ राष्ट्रपतिको खोजी


611
Shares

काठमाडौं । प्रतिनिधि सभाले सभामुख र उपसभामुख चुनेसँगै चौथो कार्यकालका लागि तेस्रो राष्ट्रपति खोजी थालेको छ । यसअनुसार फागुनभित्रै देशले नयाँ राष्ट्रपति पाउनेछ ।

नयाँ राष्ट्रपतिका लागि सत्ता गठबन्धन र बाहिर रहेका दलहरूले अंकगणितको जोड घटाउसमेत सुरू गर्न थालिसकेका छन् ।

सत्तारूढ दलमध्येको प्रमुख घटक नेकपा एमालेले पूर्वसहमतिअनुसार राष्ट्रपति आफ्नै दलले पाउने अपेक्षा राख्दै आएको छ भने सत्ताबाहिर रहेको दल नेपाली कांग्रेसले सभामुख र उपसभामुख निर्वाचनजस्तै हिसाबकिताब ‘राष्ट्रपति निर्वाचन’ मा नहुने अड्कल गर्दै आइरहेको छ ।

गत १० पुसमा प्रधानमन्त्री नियुक्त पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई २६ पुसमा प्रतिनिधि सभामा विश्वासको मत दिएकाले कांग्रेसले राष्ट्रपतिमा आफ्नो दाबी स्वभाविक रहेको बताउँदै आएको छ । एमालेले भने सरकार गठनअघि नै नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री र एमालेले राष्ट्रपति लिने सहमति भएको दाबी गरिरहेको छ ।

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।