Logo १२ भाद्र २०८३, शुक्रबार | Sat Aug 29 2026


सिडियाेसहित ७० सहसचिव र उपसचिवको सरूवा


156
Shares

काठमाडौं । गृहमन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी मन्त्रालयका सहसचिव र उपसचिवसहित ७० जनाको सरुवा गरेको छ ।

शुक्रबार मन्त्रिस्तरीय निर्णय गर्दै गृहले ठूलो संख्यामा प्रमुख जिल्ला अधिकारीको हेरफेर गरेको हो ।गृहमन्त्रालयका अनुसार सरुवा गरिएकाहरूमा सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाई सर्लाहीको प्रमुख जिल्ला अधिकारीमा, राष्ट्रिय परिचयपत्रकी उपसचिव मीना अर्याललाई जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीको प्रजिअमा, सिरहाका प्रजिअ लालबाबु कवारीलाई गोरखामा, दोलखाका भोजराज खतिवडालाई सिरहामा सरुवा गरेको छ ।

यसैगरी, गृहमन्त्रामलयका उपसचिव शेखर पौड्याललाई दोलखाको प्रजिअमा, रोल्पाका नवराज सापकोटालाई बारामा, रुकुमका परमानन्द घिमिरेलाई रोल्पाको प्रजिअमा सरुवा गरिएको छ ।

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।