Logo १४ बैशाख २०८३, सोमबार | Mon Apr 27 2026


हवाई सेवा प्रभावकारी अनुगमनको आग्रह


130
Shares

काठमाडौं । सुरक्षित हवाई सेवाको प्रत्याभूतिका लागि चुस्त नियमन तथा प्रभावकारी अनुगमन आवश्यक रहेको नेपाल उद्योग परिसंघले बताएको छ ।

नेपालले हवाई क्षेत्रमा नियमित सेवा प्रवाह गर्दे आएको यती एयरलाइन्सको एटीआर विमानको यही माघ १ गते पोखरामा भएको दुर्घटनाको बारेमा परिसंघले प्रेस विज्ञप्ति जारी गर्दै हवाई सेवालाई चुस्त नियमन र प्रभावकारी अनुगमन आवश्यक भएको जनाएको छ ।

हवाई दुर्घटनाबाट भएको क्षतिका कारण कोभिडपछि पुर्नरुत्थान हुन लागेको पर्यटन क्षेत्रमा धक्का पुगेको प्रति परिसंघले चिन्ता व्यक्त गरेको छ ।

परिसंघले भनेको छ, ‘कोभिडकालपछि बल्लतल्ल पुनरागमन हुन थालेको नेपाली पर्यटन तथा उड्डयन क्षेत्रमा पनि असर पुर्‍याउन सक्नेछ । विगतमा पनि नेपालमा भएका आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई दुर्घटनापछि त्यसको नकारात्मक असर हाम्रो पर्यटन उद्योगमा देखिएको हुँदा यस्ता दुर्घटनाहरूले देशको दिगो समृद्धिका लागि बलियो आधारका रूपमा स्थापित हुँदै गरेको पर्यटन क्षेत्रलाई सुस्त बनाउने जोखिम पनि उत्तिकै रहन्छ ।’

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।