Logo ६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026


चलचित्र ‘जेरी २’ मा आना शर्मा अनुबन्धित


130
Shares

काठमाडौं । अभिनेता अनमोल केसी अभिनित चलचित्र ‘जेरी २’ मा अभिनेत्री आना शर्मा अनुबन्धित भएकी छन् ।

हेमराज बिसीले निर्देशन गर्ने चलचित्रको लागि आना र निर्माण पक्षबीच लिखित रूपमा सम्झौता भएको हो ।

आना र अनमोलले करिब ८ वर्षपछि फेरी ‘जेरी २’ बाट सहकार्य गर्न लागेका हुन् । यी जोडीले ८ वर्षअघि चलचित्र ‘जेरी’ मा काम गरेका थिए । आनाले ‘जेरी’ बाटै चलचित्रमा डेब्यू गरेकी थिइन्।

यसै चलिचत्रको क्रममा अनमोल र आना प्रेम सम्बन्धमा रहेको चर्चा थियो। तर, उनीहरूले प्रेम सम्बन्धबारे कहिले खुलेर कुरा गरेका थिएनन्।

‘जेरी २’ मा यसअघि अभिनेत्री पूर्णिका सिजापति अनुबन्धित भएकी छन्। अन्य कलाकारको लागि निर्माण पक्षले दार्जिलिङ, सिक्किम र गान्तोकमा कास्टिङ कल आह्वान गरेको छ। 

अनन्या फिल्म्सको ब्यानरमा निर्माण हुने ‘जेरी २’ लाई सरोज न्यौपाने र रामकृष्ण श्रेष्ठले निर्माण गर्नेछन्।  एक महिनापछि छायांकन सुरू हुने फिल्म अस्ट्रेलिया, अमेरिका र सगरमाथा क्षेत्रमा खिचिनेछ।