Logo १० असार २०८३, बुधबार | Wed Jun 24 2026


गाउँ शिक्षा योजना बनाउदै थुलुङ दूधकोशी


26
Shares

सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिकाले शैक्षिक गुणस्तर वृद्धिका लागि गाउँ शिक्षा योजना निर्माण गर्ने भएको छ । मङ्गलबार शिक्षा समितिका अध्यक्ष तथा गाउँपालिका अध्यक्ष असिम राईको अध्यक्षतामा बसेको बैठकले उक्त योजना निर्माण गर्ने निर्णय गरेको हो ।

शैक्षिक गुणस्तर वृद्धिका लागि दीर्घकालीन योजना आवश्यक भएकाले थप विषयवस्तुको अध्ययन गर्नुपर्ने पालिका अध्यक्ष असिम राईले बताउनुभयो । अध्ययनपछि प्राप्त प्रतिवेदनअनुसार कार्यतालिका निर्माण गरि कार्यान्वयन गरिने उहाँको भनाइ छ।

त्यस्तै, स्थानीय पाठ्यक्रम निर्माणको अध्ययन गर्नका लागि सामाजिक विकास समिति संयोजक बुद्धिराज राईको संयोजकत्वमा एक अध्ययन समिति गठन गरिएको पालिकाले जनाएको छ ।

समितिलाई कक्षा थप गर्ने अनुमति, विद्यालय गाभ्ने र शिक्षक दरबन्दी मिलान लगायतका विषयमा समेत १५ दिनभित्र प्रतिवेदन तयार गरेर पालिकामा पेश गर्न निर्देशन दिइएको जनाइएको छ ।