 
	    धनकुटा । धनकुटाको हिलेदेखि शहिद भूमि गाउँपालिकको थलथलेसम्म १० किलोमिटर सडकमा निर्माणको काम अघि बढाइएकाे छ ।
साेही सडक कालोपत्रे गर्नका लागि हिले, उत्तरपानी, धर्मशाला र मार्गाखण्डमा माटोकटिङ, टेवापर्खाल, मेसिनरी वाल र नाला निर्माणको काम भइरहेकाे हाे । ट्रयाक खुुलेको २३ वर्षपछि धनकुटाको हिले–छिन्ताङ सडक स्तरोन्नतिको काम भइरहेको हो ।
प्रदेश–१ को भौतिक पूर्वाधार विकास मन्त्रालयले २९ करोड ७२ लाख रुपैयाँको लागतमा निर्माणको काम भइरहेको छ । आगामी ३ महिनाभित्र कालोपत्रेको काम सम्पन्न गर्नुपर्ने सडकमा अहिले ६० प्रतिशत काम पूरा भएको पूर्वाधार विकास कार्यालय धनकुटाले जनाएको छ ।
३ महिनाभित्र काम सम्पन्न नगरेकाे खण्डमा म्याद थप गरिने व्यवस्था गरिएकाे छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्