काठमाडौं । नेपालको हवाई क्षेत्रमा पहिलो पटक एटीआर-७२-५०० विमान दुर्घटना भएको छ ।
आइतबार पोखरामा पहिलो पटक यती एयरलाइन्सको एटिआर-७२ विमान दुर्घटना परेसँगै आन्तरिक उडानमा सबै भन्दा ठूलो मानवीय क्षति पनि भएको छ । करिब ८ महिना अन्तरालमा दुई दुर्घटनाबाट ९४ यात्रुले ज्यान गुमाएका छन् । आन्तरिक उडानमा व्यवसायिक यात्रुवाहक विमान सन् २०१६ पछि आइतबार यतीको विमान दुर्घटना भएको छ ।
यसअघि तारा एयरको सन् २०१६ को म्याग्दी दुर्घटनामा २३ जनाले ज्यान गुमाएका थिए । यसअघि जेठ १५ मा पोखराबाट जोमसोमको लागि उडेको तारा एयरको ट्विन अटर विमान दुर्घटनाग्रस्त हुँदा २२ जना यात्रुको निधन भएको थियो । नेपाल जस्तो भौगोलिक बनोट भएको देशका एटीआर ७२ विमान सुरक्षित मानिन्छ ।
तर नियामक निकायले हवाई सुरक्षामा ध्यान केन्द्रित गर्न नसक्दा हवाई दुर्घटनामा वृद्धि भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक राजन पोखरेलले बताए ।
यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।









प्रतिक्रिया दिनुहोस्