काठमाडौं । चालू आर्थिक वर्षमा सरकारले गत वर्ष भन्दा करिब २० प्रतिशत राजस्व बढाउने लक्ष्य राखेर बजेट सार्वजनिक गरेको थियो ।
तर, वर्षको आधा समय (साउन-पुस) सम्म लक्ष्य फेला पर्ने होइन, गत वर्षको जति पनि राजस्व उठाउन सकेको छैन् । सरकारी आयव्ययको तथ्यांक राख्ने जिम्मेवारी पाएको महालेखा नियन्त्रण कार्यालयका अनुसार पुससम्म जम्मा ४ खर्ब ५८ अर्ब रूपैयाँ राजस्व उठेको छ ।
यो गत वर्षको भन्दा ८३ अर्ब रुपैयाँ कम हो भने सरकारले बजेटमा राखेको लक्ष्य भन्दा करिब डेढ खर्ब रुपैयाँ थौरै । विगतमा पनि सरकारले राजस्व संकलनको लक्ष्य असुली हुने भन्दा केही धेरै राख्दै आएको देखिन्छ । यस्तोमा पनि वार्षिक लक्ष्यको धेरै जसो वर्ष ९५ प्रतिशत भन्दा माथि असुली हुँदै आएको छ ।
यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।









प्रतिक्रिया दिनुहोस्