Logo १५ कार्तिक २०८२, शनिबार | Sat Nov 1 2025


प्रधानमन्त्री प्रचण्ड पोखरा नजाने भएपछि बालुवाटारबाट फर्कियो हेलिकप्टर


1.3k
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल पोखरा नजाने भएपछि बालुवाटारबाट सेनाकाे हेलिकप्टर फर्किएकाे छ ।

आइतबार बिहान ११ बजे पोखरा महानगरपालिका-१५ स्थित सेती खोँचमा यति एयरलाइन्सको दुर्घटना भएको हो।

उक्‍त दुर्घटनास्थलमा प्रधानमन्त्री दाहाल जाने तयारीमा हुनुहुन्थ्याे। तर सुरक्षा जटिलता थपिने हुँदा पोखरा नजाने निर्णय गरेको प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले बताउनु भयाे।

त्यस्तै उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले आफूहरु जाँदा उद्दार कार्य प्रभावित हुन सक्ने देखिएकाले नजाने निर्णय गरिएको बताउनु भयाे ।

प्रधानमन्त्री प्रचण्ड, उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, उपप्रधानमन्त्री रवि लामिछानेसहितको टोली नेपाली सेनाको हेलिकप्टरमा पोखरातर्फ जाने कार्यक्रम तय भएको थियो । तर अन्तिममा स्थगित भएको हो ।

दुर्घटनामा परेका ३२ जनाको शव अस्पतालमा पुर्‍याइएको छ। यति एयरलाइन्समा चार चालकदलसहित ७२ जना सवार थिए।