काठमाडौं । सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री नियुक्ति भएको चार दिनमै नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नागारिक उन्मुक्ती र राप्रपाको सत्ता गठबन्धनमा तिक्तता देखिएको छ । सत्ता गठबन्धनमा देखिएको तिक्तताका कारण सुदूरपश्चिममा सभामुख चयन गर्न संकट परेको छ ।
५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा एक्लै कुनै पनि दलको पनि बहुमत छैन । केन्द्रमा बनेको समिकरण बमोजिम माओवादी केन्द्र, एमाले, नागरिक उन्मुक्ती पार्टी र राप्रपा दलको समर्थनमा २९ सदस्य सहितको बहुमत पुर्याएर पुस २७ गते नेकपा एमालेका संसदीय दलका नेता राजेन्द्र सिंह रावल मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनले बिहीबार पद तथा गोपनियताको सपथ ग्रहण गरिसकेका छन् ।
त्यस्तै, शुक्रबार राजनीतिक दलबीच सभामुख निर्वाचनको कानुनी प्रक्रियाबारे सहमति नजुट्दा प्रदेशसभाको बैठक नै बस्न सकेन् । सभामुख निर्वाचनका लागि प्रदेश सभाको तेश्रो बैठक शनिबार साँझ ६ बजे बसेको थियो ।
तर, सत्ता गठबन्धनको एक घटक नागरिक उन्मुक्ति पार्टी सहमति पालना नभएको भन्दै तटस्थ बस्दा कुनै पनि उम्मेदवारको बहुमत नपुगेी सभामुख चयन हुन सकेन् ।
यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।









प्रतिक्रिया दिनुहोस्