
काठमाडौं । सुदूरपश्चिम प्रदेश सभाको सभामुख पदका लागि शुक्रबार फेरी मतदान हुने भएको छ ।
बिहिबार भएको निर्वाचनमा कुनै पनि उम्मेदवारले प्रदेश सभाको कुल सदस्य संख्याको बहुमत संख्या प्राप्त नगरेपछि शुक्रबार फेरी मतदान हुन लागेको हो । शुक्रबार बिहान ११ बजे बस्ने बैठकमा फेरी सभामुख चयनका लागि मतदान हुने भएकाे छ ।
बिहिबार भएको निर्वाचनमा ५३ सदस्यीय प्रदेश सभाको मतदानमा ५० जनाले भाग लिएका थिए । यसरी सभामुखमा निर्वाचित हुन २७ मत ल्याउनुपर्छ । सत्ता गठबन्धनका नेकपा माओवादी केन्द्रका भीमबहादुर भण्डारीले २६ मत र कांग्रेसका मानबहादुर रावलले २३ मत प्राप्त गरेका थिए ।
भण्डारीले माओवादी केन्द्र, नेकपा एमाले, नागरिक उन्मुक्ति र राष्ट्रिय प्रजातन्त्र पार्टीको कुल २९ मत पाउनुपर्नेमा दुई सांसद अनुपस्थित रहे भने एक मत बदर भएको थियो । रावललाई कांग्रेस, एकीकृत समाजवादी र एक स्वतन्त्र सांसदको समर्थन रहेको थियो ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्