Logo ८ असार २०८३, सोमबार | Mon Jun 22 2026


भुसाल एकीकृत समाजवादीमा


260
Shares

काठमाडौं । सिद्धान्तवादी र चारित्रिक उचाइका व्यक्तिको छवि बनाएका युवा नेता घनश्याम भुसाल नेकपा (एकीकृत समाजवादी) प्रवेश गर्ने हुनुभएको छ । नेकपा (एमाले) का पूर्व उपमहासचिव रहेका भुसाल एमालेकै अध्यक्ष केपी ओली नेतृत्वको सरकारमा कृषिमन्त्री पनि हुनुहुन्थ्यो ।

‘भुसाल आज शुक्रबार पार्टीमा प्रवेश गर्ने तय भएको’ एकीकृत समाजवादीको कार्यालय सूत्रले नेपाल समाचारपत्रलाई बतायो– ‘म यो जानकारी गराउने आधिकारिक व्यक्ति होइन, तर मेरो नाम नलेख्नुहोला’ पोलिटब्युरो सदस्य समेत रहेका व्यक्तिले जानकारी दिए । नेता भुसालसँग भने सम्पर्क हुनसकेन । भुसालले प्रतिनिधि सभाको निर्वाचनअघि एमाले परित्याग गरी रूपन्देही– १ बाट स्वतन्त्र उम्मेदवार बन्नुभएको थियो ।’

प्रतिनिधि सभाको निर्वाचनमा टिकट नपाएपछि उहाँले एमाले परित्याग गर्नुभएको थियो । त्यतिबेला उहाँ एमाले स्थायी समितिका सदस्य हुनुहुन्थ्यो । भुसाल एमालेका सचिव छबिलाल विश्वकर्मासँग पराजित हुनुभएको हो । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आज भुसाललाई पार्टीमा स्वागत गर्ने कार्यक्रम तय भएको छ ।

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।