Logo २४ फाल्गुन २०८२, आइतबार | Sun Mar 8 2026


सर्लाहीमा ‘मिटरब्याजी’ पीडितको संघर्ष समिति चयन


156
Shares

सर्लाही । सर्लाहीमा ‘मिटरब्याजी’ पीडितहरुले संघर्ष समिति गठन गरेका छन् । आज हरिवनमा भएको जिल्लाभरिका मिटरब्याजी पीडितहरुको भेलाले रुकमिनी चौधरी संयोजक रहेको ११ सदस्यीय संघर्ष समिति गठन गरेको हो ।

समितिको अध्यक्षमा रवीन्द्र कुशवाहा, उपाध्यक्षमा श्रद्धा चौधरी, सचिवमा सोन्फी चौधरी, कोषाध्यक्षमा छविलाल साह, सह–सचिवमा जवाहार साहलगायत रहेका छन् ।

साहु महाजनले चर्को ब्याजमा ऋण दिएर बिल्लीबाठ बनाएपछि मिटरब्याजी पीडितले संघर्ष गर्दै आइरहेका छन् । कतिपय पीडितले मिटरब्याजमा ऋण लगानी गर्ने साहुले ऋण बुझाइसक्दा पनि ऋण मिनाह नगरेको भन्दै आन्दोलन गर्दै आइरहेका छन्।

यो वर्ष पुनः माघ लागेपछि आफूहरुले मिटरब्याजी साहुविरुद्ध आन्दोलन गर्ने तयारी गरिरहेको नवगठित संघर्ष समितिका अध्यक्ष रवीन्द्र कुशवाहाले जानकारी दिनुभयो ।

मिटरब्याजमा ऋण लगानी गर्ने साहुविरुद्ध प्रशासनले केही समयअघि उजुरी नै लिएको थियो । मिटरब्याजी पीडितले जिल्लामा तथा संघीय राजधानी काठमाडौँमा समेत पुगेर आन्दोलन गर्दै आइरहेका छन् ।