२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


प्रदेश –१ मा सभामुख चयन गरिंदै, माओवादीका गौतमको मात्रै उम्मेदवारी


65
Shares

काठमाडौं । प्रदेश १ मा आज सभामुखको चयन गरिदैछ ।

सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका सांसद बाबुराम गौतमको एकल उम्मेदवारी परेको छ । उहाँलाई प्रतिपक्षी दलको पनि समर्थन रहेकाले उहाँ निर्विरोध निर्वाचित हुनुहुनेछ । अहिले केहीबेरमा बस्न लागेको प्रदेश सभा बैठकले गौतमलाई निर्विरोध सभामुख निर्वाचित भएको घोषणा गर्नेछ । गौतम ओखलढुंगाको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर २ बाट प्रत्यक्ष निर्वाचित हुनुभएको थियो । उहाँ माओवादी केन्द्रको केन्द्रीय सदस्य समेत हुनुहन्छ ।

प्रदेश १ को उपसभामुखको निर्वाचन भने पुस ३० गतेका लागि तोकिएको छ । एमाले र माओवादीबीच प्रदेश १ मा पदहरु भागवण्डा गर्दा मुख्यमन्त्री र उपसभामुख एमाले र सभामुख माओवादी केन्द्रको भागमा पार्ने सहमति भएको थियो । उपसभामुखको निर्वाचनका लागि भने आज मनोनयन हुनेछ । एमालेबाट मुख्यमन्त्री हिक्मत कार्की बनिसक्नु भएको छ । उहाँले शुक्रबार प्रदेशसभाबाट विश्वासको मत लिदै हुनुहन्छ ।