Logo ७ माघ २०८२, बुधबार | Wed Jan 21 2026


स्थानीय सरकारको न्यानो कपडा


728
Shares

सुशील गैरे
कपिलवस्तु । बुद्धभूमि नगरपालिका वडा नम्बर २ काे कार्यालले जेष्ठ नागरिक, अपाङ्घ, दलित र मुस्लिम वर्गलाई न्यानो कपडा वितरण गरेकाे छ। जाडो मौसम शुरु भएसँगै वडा कार्यालयले लक्षित वर्गका २४ जनालाई न्यानो कपडा वितरण गरेको हो ।

उनीहरुलाई स्थानीय सरकार रहेको अनुभूति दिलाउने लक्ष्यले सम्मान गरेको वडाध्यक्ष सुरज प्रताप राणाले जानकारी दिनुभयाे ।

राणाले यो समय चिसोको समय भएकाले स्वास्थ्यको ख्याल गर्न जेष्ठ नागरिकलाई आग्रह समेत गर्नुभयाे। चिसो समयमा खानपानमा ध्यान दिन र परिवारका सदस्यले बिशेष ख्याल र स्याहार सुसारमा ध्यान दिन आग्रह समेत गर्नुभयाे ।

न्यानो कपडा पाएसँगै उनीहरुले खुसी व्यक्त गरेका छन् । ७१ वर्षीय प्रेम बहादुर सुनारले भने, ‘हामीले बेला बेलामा सहयोग पाइरहेका छौँ, यो जाडोमा वडा कार्यालयले सहयोग गर्‍याे, हामीलाई धेरै खुसी लागेको छ, सरकारको सहयोग नपाएको भए हामीलाई धेरै समस्या हुन्थ्यो ।’