२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


विपक्षमा २ सांसद


585
Shares

काठमाडौं । संसदमा सहभागी १२ मध्ये १० दलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिएपछि प्रतिनिधि सभामा वैधानिक प्रतिपक्षका रूपमा नेमकिपा र राजमो मात्रै बाँकी रहेका छन् ।

संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले पार्टीभित्रै असन्तुष्टिका बीच प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको छ ।

कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, नेताहरू अर्जुननरसिंह केसी, प्रकाशमान सिंह, र प्रदिप पौडेलले विश्वासको मत दिन नहुने पक्षमा फरक मत राखेका थिए ।

१० पुसमा नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), रास्वपा, राप्रपा, जसपा, जनमत पार्टी, नागरिक उन्मुक्ति र तीन जना स्वतन्त्र सांसद गरी १६९ सांसदको समर्थनमा प्रधानमन्त्री नियुक्त हुनुभएको थियो ।

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।