Logo ८ बैशाख २०८३, मंगलबार | Tue Apr 21 2026


प्रतिपक्षीविहीन प्रतिनिधिसभाः प्रचण्डलाई संसदमा १० दलको समर्थन


117
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभामा कायम रहेका १२ मध्ये १० दलको समर्थन पाउनुभएको छ ।

मंगलबार सदनबाट विश्वासको मत लिएका प्रधानमन्त्री दाहाललाई जनमोर्चा र नेमकिपाबाहेक सबै दलले विश्वासको मत दिएका छन् ।

प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले समेत प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएपछि प्रतिनिधि सभा प्रतिपक्षीविहीन हुन पुगेको छ ।

संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रामिक र सुविधासम्बन्धी ऐन २०७३ अनुसार प्रतिपक्षी हुनका लागि मन्त्रिपरिषद गठन गर्ने वा मन्त्रिपरिषद गठन गर्न समर्थन गर्ने दलबाहेकका प्रतिनिधि सभा वा राष्ट्रिय सभामा दश प्रतिशत वा सो भन्दा बढी सदस्यहरूको दल हुनुपर्ने भनेर परिभाषित गरिएको छ ।

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।