
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो तेस्रो कार्यकालमा मुलुकलाई समृद्धिको दिशामा अघि बढाउने संकल्प लिएको बताउनु भएको छ ।
मंगलबार प्रतिनिधि सभामा विश्वासको मत माग्दै दाहालले प्रधानमन्त्रीको रुपमा आफ्नो पहिलो कार्यकाल सोचेजस्तो नभएको, दोस्रो कार्यकालमा केही गरेको र तेस्रो कार्यकालमा मुलुकलाई समृद्धिको दिशामा अघि बढाउने संकल्प लिएकाले त्यसमा साथ दिन पनि प्रतिनिधि सभाका सांसदहरुलाई आग्रह गर्नुभयो । यही पुस १० गते प्रधानमन्त्रीमा नियुक्त हुनु भएका दाहालले ११ गते राष्ट्रपति बिद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको सपथ लिनु भएको थियो ।
दाहाल नेतृत्वमा बनेको सरकारमा पाँच दलीय गठबन्धन छ । गठबन्धन सरकारले १ महिनाभित्र प्रतिनिधि सभाबाट विश्वासको मत लिनु पर्ने संवैधानिक प्रावधान छ । सोही बमोजिम दाहालले आज विश्वासको मत लिन लाग्नु भएको हो । माघ १० गते सम्म समय भएपनि दाहालले आजै विश्वासको मत लिने निर्णय गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्