१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


फेरि दोहोरो अंकको आर्थिक वृद्धि गर्ने महत्वकांक्षी लक्ष्य


65
Shares

काठमाडौं । वार्षिक बजेटको फेहरिस्तजस्तै गठबन्धन सरकारले आफ्नो न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ ।

सोमबार अर्थमन्त्री विष्णु पाैडेलले प्रस्तुत गरेको न्युनतम साझा कार्यक्रम केही खास विषयहरूमा मात्र लक्षित छैन् । वार्षिक बजेटको जस्तो सबै विषयवस्तुलाई समेट्ने प्रयास गरिएको छ । यही कारण यो बजेटको सानो आकार जस्तै बनेको छ ।

साझा कार्यक्रममा अहिले अर्थतन्त्रमा देखिएको समस्यालाई सुधार गरी आगामी पाँच वर्षमा दोहोरो अंक नजिकको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखिएको छ ।

संघ, प्रदेश र स्थानीय तह, निजी क्षेत्र, विकास साझेदार, वित्तीय क्षेत्रसहितको सहभागितामा आगामी पाँच वर्षमा आर्थिक वृद्धिदर दोहोरो अंक पुर्‍याइने उल्लेख छ । विगत धेरै वर्षदेखि मुलुकको आर्थिक वृद्धिदर चार प्रतिशत हाराहारीमा रहेको छ । यस्तोमा यसको दोब्बरभन्दा बढी वृद्धिको लक्ष्य आफैंमा महत्वाकांक्षी हो ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।