
फाइल तस्बिर
काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशनमा आइतबार निगमले इन्धनको मूल्य घटाएको हो । गत बिहीबार प्रधानमन्त्री दाहालले उद्योग, वाणिज्य तथा आपूर्ति सचिवलाई अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेका कारण सोही बमोजिम जनतालाई राहत हुने गरी मूल्य समायोजन गर्न निर्देशन दिएका थिए ।
सोही निर्देशनअनुसार निगमले आइतबार राती १२ बजेदेखि लागूहुने गरी पेट्रोलियम पदार्थ र हवाई इन्धन दुवैमा मूल्य घटाएको हो । निगमले प्रतिलिटर पेट्रोल डिजेल र मट्टीतेलका ३/३ रुपैयाँ घटाएको छ भने आन्तरिक हवाई इन्धनमा २० र बाह्य हवाई इन्धनमा ३० रुपैयाँ घटाएको छ ।
यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।









प्रतिक्रिया दिनुहोस्