Logo १२ बैशाख २०८३, शनिबार | Sat Apr 25 2026


घरघरमै पुगेर बोलाउँदा पनि दादुराको खोप लगाउने न्यून


169
Shares

बाँके । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ८ मा शनिबार १५ जना दादुराका बिरामी फेला परे ।

पुस २२ गतेसम्ममा यो वडामा चार जना बिरामी देखा परेका थिए । यो वडामा बिरामीको संख्या १९ जना पुगेको छ ।

संक्रमितको संख्या बढ्दो रहेको यो वडामा दादुराविरूद्धको खोप लगाउनेको संख्या भने न्युन देखिएको छ ।

वडामा माइकिङ गरिएको छ भने महिला स्वयंसेविका घर-घरमा पुगेर खोप लगाउन बोलाइरहेका छन् । घरमै गएर बोलाउँदा पनि खोप लगाउन इच्छा न्यून देखिएको छ ।

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।